नियम
पद दर्ता गर्ने
: सम्बन्धित मन्त्रालयले ऐनको दफा ६क. बमोजिम सृजना भएका पदहरुको सेवा, समूह वा उपसमूह एवं श्रेणी समेत
खुल्ने गरी पद सृजना गर्ने निर्णय भएको मितिले एक महिनाभित्र अनिवार्य रुपमा निजामती किताबखानामा पद दर्ता गराउनु पर्नेछ ।
त्यसरी पद दर्ता गरेपछि त्यसको जानकारी निजामती किताबखानाले सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय र सम्बन्धित निकायमा
पठाउनु पर्नेछ । त्यसरी पद दर्ता भएको जानकारी पाए पछि मात्र पद पूर्ति गर्न सकिनेछ ।